Comments Add Comment

हामी पैसा र आफन्त हेरेर काम गर्छौ, श्रृजना हेरेर काम गर्दैनौः प्रकाश सपुत

गायक प्रकाश सपुतले गायिका अनिता चलाउनेसँग सहकार्य गरेर ‘फुटेको चुरा’ बोलको गीत सार्वजनिक गरे । यो गीतले दर्शकको राम्रो साथ पाइरहेको छ । तर, यो गीतमा प्रकाश र अनिताको सहकार्य हुन भने लामो समय लाग्यो । प्रकाशले अनिताको स्वरमा गीत रेकर्ड गराइसकेपछि पनि उनलाई पक्का हो भनेनन् ।

प्रकाश भन्छन्–‘म व्यक्तिलाई हेरेर वा अरु कारण हेरेर काम गर्दिनँ । हाम्रो क्षेत्र व्यवसायिक हुन नसक्नुको कारण हामी विभिन्न रुची राखेर काम गर्छौ । हामी कसैको पैसा हेर्छौ, कसैको आफन्त, संगत हेरेर काम गर्छौ । तर, हामी श्रृजना हेरेर काम गर्दैनौ । म आफ्नो श्रृजनामा कट्टर छु । म पैसा, आफन्त वा अरु कुनै पनि रुची हेरेर काम गर्दिनँ । मलाई आफूले दिने श्रृजना उत्कृष्ट हुनुपर्छ । म यो कुरामा स्वार्थी छु ।’

प्रकाशले यसो भनिरहँदा उनले केही यस्ता म्यूजिक भिडियोमा पनि काम गरेका छन्, जुन उनले नगरेको भए हुन्थ्यो भन्ने चाहना उनका फ्यानहरुलाई छ । प्रकाश यो बिषयमा भन्छन्–‘कहिलेकाही वाध्यतामा परिन्छ । तर, कुरा जती घुमाएपनि मैले पैसाकै लागि ती कामहरु गरेको हुँ ।’

कोरोनाका कारण स्टेज कार्यक्रम नहुँदा पनि कतिपय म्यूजिक भिडियो पैसाकै लागि गर्नुपरेको प्रकाशको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment