+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

निर्देशनपछि बिमा भुक्तानी हुने क्रम बढेको छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २४ गते १८:५५

२४ मंसिर, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय कोरोना बिमा दावी भुक्तानीको दर बढेको बताएका छन् । कोरोना बिमा भुक्तानीमा निकै ढिलाइ भइरहेको र पछिल्लो समय अर्थमन्त्रालयले दिएका दुई निर्देशनपछि भुक्तानीको संख्या बढेको अर्थमन्त्री पौडेलको भनाइ छ ।

‘कोरोना बीमा गराउनु भएकामध्ये करिब १४ सयले बिमा रकम पाई बाँकीको भुक्तानी रोकिएको अवस्था थियो’ अनलाइनखबरसँगको कुराकानीमा अर्थमन्त्रीले भने, ‘अर्थ मन्त्रालयले निर्देशन दिएपछि ६६ सयभन्दा बढीले बिमा रकम प्राप्त गरी त्यो संख्या ८ हजार भन्दा धेरै पुगेको छ ।’

उनले सरकारले दिएको निर्देशन बिमा कम्पनीहरुले पालना गर्नैपर्ने बताए । सरकारले दिएको निर्देशन पालना नगरेर बिमा दावी भुक्तानीमा ढिलाइ गरे कारबाही हुने उनले बताए ।

आवश्यक सबै कागजात सही दाबी गर्नेको संख्या बुधबार दिउँसोसम्म १७ हजार २ सय ३५ रहेको अर्थमन्त्रालयले बताएको छ । यसमा ८ हजार १ सय ४५ जनाले ७७ करोड ८९ लाख २५ हजार रुपैयाँ भुक्तानी पाइसकेको मन्त्रालयले बताएको छ ।

यसमा पनि १ हजार ८ ६३ जनाको तत्कालै भुक्तानी हुने र २ हजार ७८ जनाको ईसीडीसीमा भेरिफाई हुने प्रक्रियामा रहेको मन्त्रालयले उपलब्ध गराएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?