+

च्याम्पियन्स लिग : अयाक्सलाई हराउँदै एटलान्टा नकआउट चरणमा

२०७७ मंसिर  २५ गते ७:५६ २०७७ मंसिर २५ गते ७:५६
च्याम्पियन्स लिग : अयाक्सलाई हराउँदै एटलान्टा नकआउट चरणमा

२५ मंसिर, काठमाडौं । इटालियन क्लब एटलान्टा युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह्य डी अन्तर्गत गएराति भएको खेलमा डच क्लब अयाक्सलाई १-० ले पराजित गर्दै एटलान्टा समूह डी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

लुइस मुरियलले खेल सकिन ५ मिनेट बाँकी छँदा गरेको गोल नै एटलान्टालाई जित दिलाउन निर्णायक बन्यो । ७९औं मिनेटमा राएन ग्राभेनब्रेचले रातो कार्ड पाएपछि अयाक्स दश खेलाडीमा समेटिएको थियो । त्यसैको फाइदामा मुरियलले ८५औं मिनेटमा गोल गर्दै एटलान्टालाई जित दिलाए ।

जितपछि ६ खेलबाट ११ अंक जोडदै एटलान्टा समूहको उपविजेता बन्यो । अयाक्स भने ७ अंक जोड्दै तेस्रो भयो र समूह चरणबाटै बाहिरियो ।

यसअघि नै इंग्लिस क्लब लिभरपुल समूह विजेताको रुपमा अन्तिम १६ मा पुगिसकेको छ । अन्तिम खेलमा लिभरपुल मिट्जिल्याण्डसंग १-१ को बराबरीमा रोकियो ।

खेलको पहिलो मिनेटमै मोहम्मद सालाहले गोल गर्दै लिभरपुलला२ अग्रता दिलाएका थिए । तर ६२औं मिनेटमा एलेक्जान्डर स्कोल्जले मिट्जील्याण्डको लागि पेनाल्टीमा बराबरी गोल फर्काए ।

बराबरीपछि लिभरपुल १३ अंक जोड्दै समूह विजेता बन्यो । मिट्जिल्याण्ड भने २ अंक जोड्दै समूहमा अन्तिम स्थानमा रह्यो ।

एटलान्टा च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय