Comments Add Comment

च्याम्पियन्स लिगको अन्तिम १६ मा स्पेन र जर्मनीबाट सर्वाधिक ४-४ क्लब

२५ मंसिर, काठमाडौं । युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०/२१ को समूह चरणका खेलहरु सकिएपछि अन्तिम १६ मा पुग्ने १६ टिमको टुङ्गो लागेको छ ।

८ समूहका समूहविजेता र समूह उपविजेता अन्तिम १६ मा प्रवेश गरेका हुन् । जसमा स्पेन र जर्मनीबाट सर्वाधिक ४-४ क्लब प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्पनेनबाट समूह चरणमा खेलेका सबै क्लबहरु रियल मड्रिड, बार्सिलोना, एट्लेटिको मड्रिड र सेभियाले अन्तिम १६ मा स्थान बनाए ।

यसैगरी जर्मनीबाट पनि समूह चरणमा खेलेका बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, बोरुसिया मोन्चेनग्लाडबाक र आरबी लाइपजिगले अन्तिम १६ मा स्थान बनाए ।

इंग्ल्याण्ड र जर्मनीबाट समान ३ क्लब अन्तिम १६ मा पुगे । इंग्ल्याण्डबाट लिभरपुल, चेल्सी र म्यानचेष्टर सिटी तथा इटलीबाट युभेन्ट्स, लाजियो र एटलान्टाले अन्तिम १६ मा स्थान बनाए ।

यस्तै फ्रान्सबाट पेरिस सेन्ट जर्मेन र पोर्चुगलबाट पोर्टोले पनि अन्तिम १६ मा स्थान पक्का गरे ।

समूह चरणमा खेलेका इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र इटालियन क्लब इन्टर भने समूह चरणबाटै बाहिरिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment