+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दम्पतीको बीचमा ‘भावनात्मक धोका’, नजानेरै हुन सक्छ यस्तो गल्ती

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २५ गते १२:३१

सम्बन्धको जग भरोसा र इमान्दारितामा निर्भर हुन्छ । जब विश्वासको जग हल्लिन्छ, त्यसपछि सम्बन्ध चकनाचुर हुन्छ । तर हामीले इमान्दारिताको परिभाषालाई एकदमै संकुचिन गरिरहेका छौं । सम्बन्धमा इमान्दारिताको एक मात्र अर्थ यो हो कि हामी आफ्नो वैवाहिक वा प्रेम सम्बन्धभन्दा बाहिर कसैसँग कुनै पनि प्रकारको शारीरिक सम्बन्ध राख्दैनौं । अर्काेतर्फ शारीरिक सम्बन्ध बनाउनका लागि वफादार रहेको देखाउने क्रममा हामी शारीरिक सम्बन्धभन्दा पनि भावनात्मक सम्बन्ध बढी गतिशील हुनुपर्छ भन्ने मान्यतालाई भने बिर्सने गर्छाैं ।

सम्बन्धमा ‘इमोसनल ब्ल्याकमेलिङ’ अर्थात् भावनात्मक धम्कीले झनै सम्बन्धलाई कमजोर बनाउने गर्छ । तर हामीले हाम्रो भावनात्मक सम्बन्धलाई यति संकुचित बनाइरहेका छौं कि हामीलाई थाहा नहुँदानहुँदै पनि हाम्रा साथीमाथि ब्ल्याक मेलिङ भइरहेको हुन सक्छ ।

जब सधैं आफ्नो साथीलाई अरुसँग तुलना गर्नुहुन्छ

तपाईंको साथीले तपाईंको लागि कति वास्ता गर्छ, तपाईं ती साथीसँग कति सन्तुष्ट हुनुहुन्छ, तपाईं जहिले पनि आफ्नो साथीमा रहेको केही गलत कुरालाई नै ध्यान दिनुहुन्छ, कसैलाई आदर्श बनाएर सधैं उसलाई त्यस्तै बन्न प्रेरित गर्नुहुन्छ भने यो पनि एक किसिमको ब्ल्याकमेलिङ नै हो । तपाईंको यस्तो व्यवहारले पार्टनरलाई महसुस हुन सक्छ कि तिनी तपाईंले चाहेको पार्टनर होइन । तपाईं उसको सट्टामा अरू कसैलाई आफ्नो पार्टनरको रूपमा देख्न चाहनुहुन्छ । जब हामी कसैलाई उसको वास्तविक रूप, उसको भलाइ र कुकर्महरू स्वीकार गर्न सक्षम हुँदैनौं, तब हामी आफ्नो साथीलाई जीवनको हर बखत धोका दिने गर्छाैं ।

के तपाईंप्रति उसको भावनाको कुनै मूल्य छैन ? उनीसँग शारीरिक सम्बन्ध बनाउनु, सँगै जीवन बिताउनु तर मानसिक रुपमा टाढा हुनु निसन्देह भावनात्मक धोका हो ।

जब आफ्नो पार्टनरलाई मनको कुरा बताउनुहुन्न

जब हामी दिनको कामबाट थकित हुन्छौं, तब घर पुग्ने बित्तिकै दम्पतीबीच कुरा होस् भन्ने आशा राख्छौं । दिन कस्तो बित्यो, दिउँसो के खाजा खाइयो ? रमाइलो क्षणहरु कस्ता बिते ? सामान्यतया सबै विवाहित जोडीहरूले एक अर्कासँग साना चीजहरू, खुसी र दुः ख एक अर्कामा साझा गरून् भन्ने चाहन्छन् । यदि तपाईं यी सबै चीजहरू आफ्नो जीवनसाथीसँग बाँड्न आवश्यक छ भन्ने महसुस गर्नुहुन्न भने यहाँ पनि केही न केही समस्या सिर्जना हुन सक्छ । यो पनि एक हिसाबले दम्पतीबीच हुने भावनात्मक धोका पनि हो ।

जब वैवाहिक सम्बन्धभन्दा बाहिर यौन सम्बन्ध राख्नुहुन्छ

आफ्नो जीवनसाथीसँग शारीरिक सम्बन्ध राख्नको लागि पहिलेभन्दा कम मन गर्नुहुन्छ भने यसले तपाईंमाथि अनेक शंका उपशंका सिर्जना गर्न सक्छ । घरमा दम्पतीबीच शारीरिक सम्बन्ध कम हुन थाल्यो भने यसले बाहिर कतै सम्बन्ध विस्तार भएको पनि हुन सक्छ भन्ने शंका उब्जिन सक्छ । त्यो पनि भावनात्मक धोखा नै हो । सेक्स नगर्नुका थुप्रै अन्य कारणहरू हुन सक्छन्, जस्तै समयको अभाव, तपाईंबीच झगडा, मुडको अभाव वा अन्य भावनात्मक उतार चढाव । तर यी सबै शर्तहरूका बावजुद यदि तपाईं अर्को व्यक्तितर्फ आकर्षण महसुस गर्नुहुन्छ तर पार्टनरप्रति चासो दिनुहुन्न भने एकचोटि तपाईंको सम्बन्धबारे समीक्षा गर्नुहोस् । यदि तपाईं शारीरिक रूपमा ठीक हुनुहुन्न भने पनि तपाईं भावनात्मक रूपमा विश्वासघातको बाटोमा हिँड्न सुुरू गर्नुभएको हुन सक्छ ।

जब सुत्नेबेला कसैलाई सम्झिन थाल्नुहुन्छ

देख्दा समस्या समान्य लाग्न सक्छ । तर यदि तपाईं आफ्नो पार्टनरसँगै ओछ्यानमा सुतिरहँदा कल्पना भने अरु कसैको बारेमा गर्नुहुन्छ भने यहाँ पनि भावनात्मक धोकाको कुरा हुनन सक्छ । तपाईं पार्टनरसँग ओछ्यानमा हुनुहुन्छ तर तपाईंको दिमागमा अर्को कोहीप्रति छ । सरल शब्दमा भन्ने हो भने यो अवस्था भनेको तपाईंले आफ्नो पार्टनरलाई भावनात्मक धोका दिन थालेको चरणवद्ध सुरुवात हो ।

जब आफ्नो व्यवहार र प्राथमिकतामा परिवर्तन महसुस गर्दै हुनुहुन्छ

जब हामीसँग केही गलत हुन्छ वा हामी केही गलत गर्दैछौं, तब हामी यसलाई पहिचान गर्न सकिरहेका हुँदैनौं । यदि पार्टनरप्रति तपाईंको व्यवहार पछिल्लो केही दिनमा परिवर्तन हुन थालेको छ, यो परिवर्तन सकारात्मक छैन भने मान्नुहोस् तपाईंले आफ्नो साथीलाई भावनात्मक धोका दिने चरणको सुरुवात गर्नुभयो । योसँगै यो निश्चित छ कि तपाईंको सम्बन्धमा दुरी आउँदैछ वा तपाईंको पार्टनर अब तपाईंको प्राथमिकता होइन । जहाँ पहिले तपाईं आफ्नो साथीलाई भेट्न व्याकुल हुनुहुन्थ्यो, उनीसँग नै सबै कुरा भन्न रुचाउनुहुन्थ्यो तर अब तपाईंलाई अफिसबाट घर फर्कन पनि कुनै हतारो लाग्दैन भने सम्झनुहोस् तपाईं बदलिँदै हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?