+
+

महाधिवेशन तयारीका लागि राप्रपाले बोलायो कार्यसम्पादन बैठक

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १३:०२

२८ मंसिर, काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ४ गते काठमाडौंमा बस्ने भएको छ ।

शनिबार अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच भएको बैठकले कार्यसम्पादन समितिको बैठकको टुङ्गो लगाएको हो । तीन अध्यक्षको बैठक महाराजगन्जस्थित पशुपतिशमशेर राणाको घरमा बसेको थियो ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टी संगठनको सुदृढीकरण, आगामी एकता महाधिवेशनको तयारी र भावी संघर्षका कार्यक्रमलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

राप्रपा र राप्रपा संयुक्तको एकतापछि गठन भएको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको दोश्रो बैठक हो । यसअघि गत असोजमा बैठक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?