
२८ मंसिर, काठमाडौं । सन् १९८२ को विश्वकपमा इटालीलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पाओलो रोसीको अन्त्येष्टिकै दिन उनको चोरी भएको छ ।
रोसीको ६४ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । शनिबार इटालीको उत्तरपूर्वी सहर भिसेन्जामा अन्त्येष्टि गरिएको थियो । उनको अन्त्येष्टि भइरहँदा घरमा चोरी भएको थियो ।
इटालीको अन्सा न्युज एजेन्सीका अनुसार रोसीकी पत्नी फेडेरिका क्यापेलेटी अन्त्येष्टि समारोहबाट फर्किँदा आफ्नो घरमा चोरी भएको पाएकी थिइन् । चोरी भएका सामग्रीहरुमा रोसीको घडी र पैसा समेत रहेको उनले बताइन् । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
रोसीको निधनले अहिले समग्र इटाली शोकमा छ । उनी इटालीको लागि अहिलेसम्मकै सबैभन्दा आक्रामक खेलाडी मानिन्छन् । उनले इटालीको राष्ट्रिय टोलीबाट ४८ खेल खेल्दा २० गोल गरेका थिए, जसमध्ये ६ गोल १९८२ को विश्वकपमा गरेका थिए ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4