२९ मंसिर काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोनबीचको खेलको नतिजा नेमारले भोगेको गम्भीर चोटले छायामा पार्यो ।
घरेलु मैदानमै पीएसजी लियोनसँग १-० ले पराजित भएको थियो । खेल अवधिभर नेमारलाई विपक्षी खेलाडीले ६ पटल फाउल गरेका थिए ।
छैटौं फाउल खेलको इन्जुरी टाइमको छैटौं मिनेटमा थियो । थियागो मेन्डेसको खराब ट्याकलका कारण नेमार घाइते भएर मैदान छाड्न बाध्य भए ।
त्यस घटनापछि ब्राजिलियन फरवार्डको आँखामा आँशु देखियो ।
खेलका रेफ्री रेफर बेनोइट बास्टिजले सुरुमा मेन्डेसलाई पहेँलो कार्ड देखाएका थिए । तर पिचसाइड मोनिटरमा घटनाको समीक्षा गरेपछि उक्त सजायलाई रातो कार्डमा अपग्रेड गरिएको थियो ।
प्रतिक्रिया 4