Comments Add Comment

प्रिमियर लिगमा चेल्सी पराजित, म्यानचेष्टर सिटी बराबरीमा रोकियो

१ पुस, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित भएको छ । पहिले गोल गरेर अग्रता लिए पनि जोगाउन नसक्दा लण्डन क्लब चेल्सी वल्भ्ससँग पराजित भएको हो ।

पेड्रो नेटोले इन्जुरी टाइमा गोल गरेपछि वल्भसले चेल्सीमाथि २-१ को पुनरागमन जित हात पारेको हो ।

वल्भसको मैदानमा ओलिभर जिरुडले ४९औं मिनेटमा गोल गर्द चेल्सीलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा ड्यानिएल पोडेन्सले वल्भसका लागि बराबरी गोल फर्काए । निर्धारित समयमा बराबरी भएपनि इन्जुरी टाइमको पाँचौ मिनेटमा पेड्रो नेटोले निर्णायक गोल गरेपछि वल्भ्सले ३ अंक जोडेको हो ।

जितपछि वल्भस १३ खेलबाट २० अंक जोड्दै दशौँ स्थानमा उक्लेको छ । पराजित चेल्सीले भने शीर्ष स्थानको टोटनहमसंग अंक बारबरी गर्ने मौका गुमायो र १३ खेलबाट २२ अंकसहित पाँचौ स्थानमै यथावत छ ।

लिगकै अर्को खेलमा म्यानचेष्टर अग्रता जोगाउन नसक्दा वेष्टब्रोमसँग १-१ को बराबरीमा रोकिएको छ । वेष्टब्रोमका लागि सिटीले नै आत्मघाती गोल उपहार दिएको थियो । खेलको ३० औं मिनेटमा एकाए गुन्डागोनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए तर ४३ औं मिनेटमा सिटीकै रुबेन डियाजले आत्मदघाती गोल गर्दै खेल बराबरी गरिदिए ।

बराबरीपछि सिटी १२ खेलबाट २० अंक जोड्दै छैटौं स्थानमा छ । १३ खेलबाट ७ अंक मात्र रहेको वेष्टब्रोम पुछारबाट दोस्रोमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment