+
+

महानगरीय प्रहरीबाट पोखरेल गए, पाल आए

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २ गते १७:००

२ पुस, काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्वमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाल आएका छन् । हालका प्रमुख विश्वराज पोखरेलको अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।

सरकारले एआईजीको एउटा दरबन्दी थप्दै पोखरेललाई २५ मंसिरमा एआईजीमा बढुवा गरेको थियो । त्यसपछि भएको पदस्थापनमा पाल र पोखरेलको सरुवा भएको हो ।

बिहीबार रानीपोखरीमा आयोजित कार्यक्रमका बीच पोखरेलको विदाइ भएको छ भने पालको स्वागत गरिएको छ । त्यसक्रममा मातहतका प्रहरी अधिकृतहरुलाई इमान्दारिताका साथ दिइएको जिम्मेवारी पूरा गर्न पालले निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा बढुवा भएका पोखरेललाई भावी आईजीपीको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?