+
+
Shares

सिंहदरबारको पूर्वी गेट अगाडि कारले साइकललाई ठक्कर दियो

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ४ गते ११:५६

४ पुस, काठमाडौं । शनिबार बिहान सिंहदरबारको पूर्वी गेट अगाडि कारले साइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा घट्टकुलो बस्ने ४५ वर्षीय टंकनाथ सुवेदी छन् ।

नागरिक दैनिकका वितरक सुवेदी पत्रिका बाँड्न हिँडेका बेला बा १० च ७५७६ नम्बरको कारले ठक्कर दिएको काठमाडौं प्रहरीका डीएसपी प्रतिक विष्टले बताए । नजिकै रहेको प्रहरीको मोबाइल टोलीले कार र चालकलाई तत्कालै नियन्त्रणमा लिएको थियो ।

हाल घाइते सुवेदीको नर्भिक अस्पतालमा उपचार भइरहेको विष्टले बताए । प्रारम्भिक सोधपुछमा चालकले साइकल अर्कोतिर जाला भन्ने सोचे पनि नगएकाले दुर्घटना भएको दाबी गरेका छन् । यद्यपि, दुर्घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?