+

क्रिस्टल प्यालेसको पोष्टमा लिभरपुलको सात गोल

२०७७ पुष  ४ गते २२:५२ २०७७ पुष ४ गते २२:५२
क्रिस्टल प्यालेसको पोष्टमा लिभरपुलको सात गोल

४ पुस, काठमाडौं । साविक विजेता लिभरपुलले प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि फराकिलो जित हात पारेको छ । शनिबार भएको खेलमा लिभरपुलले घरेलु मैदानमा प्यालेसलाई ७-० ले पराजित गरेको हो ।

लिभरपुलका लागि रोवर्टो फिर्मिनो र वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मोहम्मद सालाहले दुई-दुई गोल गरे । ताकुकी मिनामिनो, साडियो माने र कप्तान जोर्डन हेन्डरसनले एक-एक गोल गरे ।

एनफिल्डमा भएको खेलको तेस्रो मिनेटमै मिनिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । मानेले ३५औं र फिर्मिनोले ४४औं मिनेटमा गोल गरेपछि लिभरपुलले पहिलो हाफमै तीन गोलको अग्रता बनायो । दोस्रो हाफमा लिभरपुलले चार गोल थप्यो ।

५२औं मिनेटमा जोर्डन हेन्डरसनले लिभरपुलका लागि चौथो गोल गरे । ६८औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ५-० को अग्रता बनायो ।

५७औं मिनेटमा मानेको स्थानमा मैदान प्रवेश गरेका सालाहले ८१औं र ८४औं मिनेटमा दुई गोल गरेपछि लिभरपुले ७-० को शानदार जित हात पारेको हो ।

जितपछि लिग लिडर लिभरपुलले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । १४ खेलबाट लिभरपुलको ३१ अंक भएको छ । एक खेल कम खेलेको टोटनहम हट्सपर २५ अंकसहित दोस्रो स्थानमा छ

लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०