
५ पुस, काठमाडौं । देशमा देखिएको राजनीतिक संकटको छाया सेयर बजारमा पनि देखिएको छ । आइतबार सेयर बजार नेप्से परिसूचक एकै दिन झण्डै सय अंंकले घटेको छ ।
आइतबार २०४६.५७ मा खुलेको सेयर बजार ९६.८८ अंकले घटेर १९३५.६४ अंकमा पुगेको छ ।
आइतबार १९८ कम्पनीको सेयर एक करोड ४० लाख ३० हजार ७४९ पटक किनबेच हुँदा कारोबार रकम भने ८ अर्ब ७० करोड ८५ लाख भन्दा धेरै भएको छ ।
उच्च गिरावट भए पनि आइतबारको बजारमा युनाईटेड आइडीआई मार्दी हाइड्रोपावर, माहुल सामुदायिक लघुवित्त, सनराईज फ्रष्ट म्युचल फण्ड, बेस्ट फाइनान्स र हिमालयन डिस्टिलरी लगायतका कम्पनीका लगानीकर्ताले उच्च नाफा आर्जन गरे ।
सूर्योदय, नेरुडे र स्वलम्बन लघुवित्त, छ्याङ्दी र माथिल्लो तामाकोसी हाइड्रोपावरले लगानीकर्ताले भने बजारमा उच्च घाटा ब्याहोरे । सूर्योदय लघुवित्तको शेयरमा आइतबार नकारात्मक सर्किट ब्रेक लागेको थियो ।
प्रतिक्रिया 4