+
+

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १६:४१

काठमाडौं । नेपाली काँग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेर मध्यावधि निर्वाचनको घोषणा गरेको सन्दर्भमा काँग्रेसले छलफलको लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।

बैठक पुस ७ गते मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने नेपाली काँग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने काँग्रेसले जनाएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् भंग गरी मध्यावधि निर्वाचनमा जानको लागि सिफारिस गरेको छ । सिफारिस अनुसार राष्ट्रपतिले वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?