Comments Add Comment

संसद विघटनविरुद्ध ३ जना कानुन व्यवसायी रिट लिएर सर्वोच्चमा

५ पुस, काठमाडौं । संसद विघटनको निर्णयविरुद्ध ३ जना कानुन व्यवसायी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओली रिट लिएर सर्वोच्च पुगेका हुन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार उनीहरूको रिट आइतबार नै दर्ता भने भएको छैन । ‘दर्ता भएको छैन, प्रक्रियामा छ’ स्रोतले भन्यो ।

रिट लिएर सर्वोच्च पुगेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदक धेरै हुनसक्ने भन्दै कर्मचारीले सबै रिट एकै पटक दर्ता गर्ने भनी प्रक्रियामा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment