+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

प्रधानमन्त्री बाध्य भएर संसद विघटन गर्नुपर्‍यो : नेता थापा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १९:५६

५ पुस, कैलाली । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सुदूरपश्चिम अध्यक्ष कर्णबहादुर थापाले प्रधानमन्त्रीलाई पार्टी भित्रैबाट काम गर्न नदिएपछि बाध्य भएर संसद् विघटन गरेको बताएका छन् ।

धनगढीमा आइतबार आयोजित कार्यक्रममा नेता थापाले संसद् विघटनको जिम्मा प्रधानमन्त्रीलाई बाध्य गराउनेहरूले लिनुपर्ने बताए ।

‘जनमतलाई अनादर गरेर काम गर्न नदिने, बाधा–व्यवधान सिर्जना गर्ने, समाजवाद निर्माण गर्ने उद्देश्यले स्थापना भएको सरकारलाई कमजोर बनाउने काम भएको थियो’ उनले भने, ‘पार्टीभित्रको खेलका कारण प्रधानमन्त्रीले कडा कदम चाल्नुभएको हो ।’

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नादरमुनि रानाले केपी शर्मा ओली नेतृत्वको सरकारले राम्रो काम गरेको हुँदा असफल बनाउन पार्टीभित्रैबाट घेराबन्दी गरिएको बताए । ‘जनताले यो सरकारले पाँच वर्षसम्म राम्रोसँग काम गरोस् भन्ने भए पनि आफ्नै दल भित्रबाट अप्ठ्यारोमा पारियो’ उनले भने ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य निरु पाल, दीपक देवक, युवा सङ्घका केन्द्रीय सह संयोजक रमेश पौडेल, अनेरास्ववियूका केन्द्रीय अध्यक्ष ऐन महर, नेकपा कैलालीका अध्यक्ष रतन थापालगायतले धारणा राखेका थिए ।

उनीहरूले प्रधानमन्त्री ओलीले पार्टी भित्रैबाट समस्या सिर्जना गरेपछि संसद् विघटन गरेको भन्दै प्रधानमन्त्रीको बचाऊ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?