Comments Add Comment

खेल सुरु भएको ६ सेकेण्डमै गोल

६ पुस, काठमाडौं । इटालियन क्लब एसी मिलानका राफेल लिएओले खेल सुरु भएको ६ सेकेण्डमै गोल गर्दै सिरी ए मा नयाँ कीर्तिमान बनाएका छन् ।

आइतबार ससुलोविरुद्धको खेलमा लेएओले खेल सुरु भएको ६.२ सेकेण्डमा गोल गर्दै नयाँ कीर्तिमान बनाए । सिरी ए मा यो सबैभन्दा छिटो गोल हो । लिएओले हाकन चाल्हानोग्लुको पासमा गोल गरेका हुन् ।

यसअघि सिरी ए मा सबैभन्दा छिटो गोल गर्ने किर्तिमान पियासेन्जाका पाओलो फोगीको नाममा थियो । उनले सन् २००१ मा फिओरेन्टिनाविरुद्ध ८.१ सेकेन्डमा गोल गर्दै कीर्तिमान बनाएका थिए ।

यस सिजन सिरी ए मा उत्कृष्ट प्रदर्शन गरिरहेको मिलान अंक तालिकामा शीर्ष स्थानमा छ । पहिलो हाफमा मिलानले ससुलो विरुद्ध २-० को अग्रता बनाइसकेको छ ।

यस खेलमा विजयी भए एसी मिलानले दोस्रो स्थानमा रहेको शहरी प्रतिद्वन्द्वी इन्टर माथि अंक दूरी बढाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment