+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
संसद विघटन प्रकरणमा पूर्वराष्ट्रपतिको टिप्पणी :

‘राष्ट्रपति चुक्नुभयो, सर्वोच्चको ध्यान पुगोस्’

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते २०:३७

६ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्यादाअनुसार काम गर्न नसकेको टिप्पणी पूर्वराष्ट्रपति डा.रामवरण यादवले गरेका छन् । प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले आफूलाई मर्माहित तुल्याएको उनले बताए ।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले भने, ‘राष्ट्रपति संस्थामाथि पनि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो। उहाँ आफ्नो भूमिका निर्वाह गर्नबाट चुक्नुभएको छ ।’

संसद विघटन गर्ने सरकारको सिफारिस र त्यसलाई सदर गर्ने राष्ट्रपति निर्णय राजनीतिक, संवैधानिक र नैतिक रूपमा अमिल्दो रहेको उनले बताए । ‘नेपाली जनताले आशीर्वाद दिएर पुर्‍याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिइन, आज अत्यन्त मर्माहित भएर यो कुरा भनिरहेको छु,’ यादवले भने, ‘म मात्रै होइन, तीन करोड जनता मर्माहित भएका छन् ।’

अब यो विषयमा सर्वोच्च अदालतको ध्यान पुग्नुपर्ने उनले बताए । उनले भनेका छन्, ‘सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस्, ध्यान पुग्नैपर्छ भन्ने विनम्र आग्रह पनि छ ।’

शिक्षा क्षेत्रमा अतिव्यापारीकरण र दलीय प्रभाव बढेकोप्रति उनको चिन्ता थियो । शिक्षाको गुणस्तर सुधार्न राजनीतिक सोच र प्रतिबद्धताको अभाव भएको डा. यादवको भनाइ छ ।

गरिबी, पिछडिएका वर्ग, समुदाय, महिला, तेस्रो लिंगीलाई शिक्षाको अवसर प्रदान गर्न राज्य चुक्न नहुने उनको सुझाव छ । उनीहरूलाई पर्याप्त मात्रामा छात्रवृत्ति दिनुपर्नेमा डा. यादवको जोड थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?