Comments Add Comment

बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यका लागि योग

योग विभिन्न किसिमका हुन्छन् । योगका विधी, त्यसको फाइदा पनि फरक फरक हुन्छ । बालबालिका एवं किशोरकिशोरीले विशेष किसिमका योग अभ्यास गर्न सक्छन् । खासगरी उनीहरु गर्ने योगबाट बौद्धिक क्षमता बढाउने एवं मानसिक स्वस्वस्थ्य राम्रो बनाउने काइदा सिक्न सकिन्छ ।

खासमा योग गर्ने उमेर भनेकै बाल्यकालमा हो । बाल्यकालमा एवं किशोरवयमा शरीर लचिलो हुन्छ । कुनै जटिल रोग लागेको हुँदैन । दीर्घ रोगले समातेको हुँदैन । यो उमेरमा हामीसँग अथाह उर्जा हुन्छ । त्यसैले यतिबेला हामी जस्तोसुकै योगअभ्यास पनि गर्न सक्छौं । जटिल भनिने योगहरुमा पनि आफुलाई निपूर्ण बनाउन सक्छौ ।

भोलि जब हामी वयस्क हुन्छौं । बुढाबुढी हुन्छौ । त्यसबेला कतिपय रोग र शारीरिक अवस्थाको कारण हामीले धेरै किसिमको योग अभ्यास गर्न सक्दैनौ । जबकी अहिलेदेखि गर्न थाल्ने हो भने जीवनभर त्यस किसिमको अभ्यास गर्न सकिन्छ ।

योग भनेको शरीरको समूचित व्यायामको एक सर्वोत्तम विधी हो । शरीरलाई प्राकृतिक रुपमा बलियो, तन्दुरुस्त, निरोगी बनाउनका लागि योग उपयोगी हुन्छ । तर, यसले शारीरिक रुपमा मात्र हामीलाई निरोगी बनाउने होइन, मानसिक रुपमा पनि तगडा बनाउँछ । तन र मनको शुद्धिकरणका लागि योग उपयोगी हुन्छ ।

कतिपय योग विधीहरु यस्ता हुन्छन्, जसले मस्तिष्कलाई स्वस्थ्य राख्छ । स्मरण क्षमता बढाउँछ । त्यसो त शरीर बलियो, निरोगी भएपछि यसैपनि मानसिक रुपमा हामी स्वस्थ्य हुन्छौं । जब शरीर रोगी छ, समस्याग्रस्त छ, तब हामी चाहेर पनि कतिपय कुरा ग्रहण गर्न सक्दैनौ । स्मरण गर्न सक्दैनौ ।

त्यसैले फुर्सदको यो समयमा हामीले आफुलाई योगमा लगाउन सक्छौं । योग, ध्यान, प्राणायम जस्ता प्राकृतिक विधी छन्, जसले हामीलाई निरोगी, तन्दुरुस्तका साथसाथै सकारात्मक र खुसी पनि बनाउँछ ।

शारीरिक स्वस्थ्यका लागि

योगले बच्चाको शारीरिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ । यसले उनीहरुको शरीर लचिलो, फुर्तिलो र बलियो हुन्छ । बाल्यकालबाटै फिट एन्ड फाइन राख्नका लागि योग महत्वपूर्ण हुन्छ ।

एकाग्रता बढाउँछ

योगले शरीरको विकार हटाउँछ । रक्तप्रवाह सुचारु हुन्छ । जब शरीर स्वस्थ्य हुन्छ, मानसिक रुपले पनि बच्चाहरु स्वस्थ्य हुन्छन् । त्यस्तै योग एवं ध्यानले मस्तिष्क र मनलाई एकाग्रता बढाउन सहयोग गर्छ । परिणामतः उनीहरु पढेको कुरा सजिलै स्मरण गर्न सक्छन् ।

रोगसँग लड्ने क्षमता बढाउने

नियमित योगले बच्चाको रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । किनभने योगले आन्तरिक अंगलाई प्राकृतिक रुपमै बलियो र तन्दुरुस्त बनाउँछ । परिणमतः वाह्य रोगले आक्रमण गर्न सक्दैन ।

योग सिक्नका लागि सबैभन्दा पहिलो त आफुले समय निर्धारण गर्नुपर्छ । खासगरी विहानको समयमा योग गर्नु सर्वोत्तम हुन्छ । त्यस्तै साँझमा पनि योग गर्न सकिन्छ । दिउँसो आफुलाई फुर्सद मिलाएर समेत योग गर्न सकिन्छ । अर्थात योग गर्नका लागि कुनै निश्चित समय यही हुनुपर्छ भन्ने छैन । बिहानको समय चाहि सर्वोत्तम मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment