+
+

प्रचण्डले ओलीको गुन बिर्सिए : महेश बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ७ गते २०:०९

७ पुस, जनकपुरधाम । नेकपाका नेता महेश बस्नेतले केपी शर्मा ओलीले गरेको योगदान प्रचण्डले बिर्सेको आरोप लगाएका छन् ।

मृत्युतुल्य भइसकेको तत्कालिन माओवादीलाई ओलीले उद्धार गरेको उनले जिकिर गरे । ‘माओवादी तहसनहस भइसकेको थियो । उसको जनमत छँदै थिएन । बढारिइसकेको थियो’ बस्नेतले भने, ‘यस्तो अवस्थामा आईसीयू र कोमामा हालेर अक्सिजन दिएर बचाइयो । तर, अहिले बचाउने केपी ओलीलाई नै घेराबन्दीमा राख्न खोजियो ।’

राष्ट्रिय युवा संघले मंगलबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले घेराबन्दी गरेकै कारण बाध्य भएर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको भन्दै बचाऊ गरे ।

कार्यक्रममा युवा संघका नेता रमेश पौडेलले प्रचण्डलाई ठग र फटाहाको संज्ञा दिए । ‘उनी जहाँ गएपनि ठग्ने काम मात्रै गरेका छन्’ पौडेलले भने ‘यसबाहेक राष्ट्रिय एकता समेत बिथोल्ने काम गरेका छन् ।’

लिम्बुलाई लिम्बुबान, मधेशीलाई मधेश, थारुलाई थरुहट, नेवारलाई नेवा देखाउने प्रचण्डले राष्ट्रिय एकतालाई बिगारेको उनले आरोप लगाए ।

सहभागी सबैलाई खानाको व्यवस्था

कार्यक्रम गर्नुअघि मुजेलिया नजिकबाट केपी ओलीको समर्थनमा मोटरसाइकल र्‍याली निकालिएको थियो । नगरको विभिन्न भाग परिक्रमा गर्दै उद्योग वाणिज्य संघको सभाहलसम्म पुगेको मोटरसाइकल र्‍यालीपछि सभागीहरुलाई खाना खुवाइएको थियो ।

सहभागीका लागि मिथिला खानाको व्यवस्था गरिएको आयोजकका एक सदस्यले बताए । ‘दाल, भात, तरकारी, दुई वटा तरुवा, पापडको व्यवस्था गरिएको थियो’ उनले भने ।

सहभागीहरु खाना खाइसकेपछि औपचारिक कार्यक्रम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?