+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गण्डकीबाट १०९ जना थपिए ओली समूहको केन्द्रीय सदस्य (सूचीसहित)

अमृत सुवेदी अमृत सुवेदी
२०७७ पुष ८ गते ७:५८

८ पुस, पोखरा । पूर्व माओवादीका तर्फबाट स्याङ्जाको अध्यक्ष बनेका सूर्यप्रसाद गैह्रै ‘पारस’ प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय सदस्य भएको सार्वजनिक भयो । उनी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षका नेताका रुपमा चिनिएका जिल्ला अध्यक्षहरुमा कान्छामध्येका थिए ।

अहिलेसम्म कुनै पनि समूहमा नखुलेका गृहमन्त्री बादल पक्षका गैह्रे ओली समूहमा गएपछि को कता हुने हुन् भन्ने चर्चा र चासोसमेत थपिएको छ । लमजुङका जमिन्द्रमान घले ओली समूहकै केन्द्रीय सदस्य बनेका छन् । उनी पहिले माधवकुमार नेपाल समूहका नेताका रुपमा चिनिन्थे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार भएको छुट्टाछुट्टै भेलाले विभाजनको स्पष्ट चित्रमात्रै कोरेन, तल्लो तहसम्म कित्ताकाट समेत गरेको छ ।

जिल्ला तहका थुप्रै नेता केन्द्रीय सदस्य बनेका छन् भने केही अर्को गुटका भनिएका नेता पनि ओली पक्षमा देखिएका छन्

नेकपाका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक राखेपछि तल्लो तहसम्म पार्टी फुटिसकेको सन्देश पुगेको छ ।

निर्वाचन आयोगमा अहिलेसम्म एउटै पार्टी रहे पनि तल्लो तहमा पार्टी कार्यालय र कसको प्रभाव बढी हुन्छ भन्ने कुरा हेरिरहेका छन् । आफूहरु नै वैधानिक भएको दुवै पक्षले दाबी गरेका छन् । आधारिक पार्टी कुन हो भन्ने छिनोफानो भने अब निर्वाचन आयोगले गर्ने छ ।

प्रधानमन्त्री ओलीले मंगलबार १ हजार १ सय ९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी नै घोषणा गरेपछि को कता रहेछन् भन्ने प्रष्ट पारेको कार्यकर्ताले बताएका छन् । वामदेव पक्षधर मानिएकी पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नी प्रतिनिधि सभा सांसद विद्या भट्टराई पनि ओली समूहको नयाँ केन्द्रीय सदस्य बनेकी छन् ।

‘पार्टी विभाजनको पक्षमा म जान सक्दिनँ । मेरो जहाँ नाम आएको छ, मेरो लाइन त्यतै नै हो,’ भट्टराईले भनिन् । प्राप्त सूचनाअनुसार ओली समूहको थपिने नयाँ केन्द्रीय सदस्यमा गण्डकी प्रदेशका १ सय ९ जना छन् ।

जिल्ला तहका थुप्रै नेता केन्द्रीय सदस्य बनेका छन् भने केही अर्को गुटका भनिएका नेता पनि ओली पक्षमा देखिएका छन् ।

स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अर्का स्थायी समिति सदस्य तथा गण्डकीका अर्थमन्त्री किरण गुरुङ, केन्द्रीय सदस्य खगराज अधिकारी, संघीय खेलकुदमन्त्री जगत विश्वकर्मा, पोखराका मेयर मानबहादुर जिसी, भीम कार्की लगायत पहिलेदेखि नै ओली समूहमा छन् ।

पहिलेदेखि नै ओली समूहको प्रभाव बढी रहेको गण्डकी प्रदेशमा उनीहरुका कारण पनि थप सदस्य थपिने अनुमान छ । ‘लिस्ट तलमाथि हुने क्रम जारी छ । गण्डकी प्रदेशमा धेरै जना प्रचण्ड–नेपाल समूहबाट ओली समूहमा हुनुहुनेछ,’ नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले भने ।

बुधबार हुने प्रदेशस्तरीय भेलाले थप निर्णय र निर्क्योल गर्ने सचिव नेपालीको भनाइ छ । गण्डकी प्रदेशमा ओली समूहको नयाँ केन्द्रीय सदस्य बन्नेमा कास्कीका सबैभन्दा धेरै छन् । कास्कीबाट २६ जना ओली समूहका केन्द्रीय सदस्य थपिएका छन् ।

यी हुन् ओली पक्षका थपिएका गण्डकी प्रदेशका केन्द्रीय सदस्य

कास्की

कृष्ण थापा

राजीव पहारी

मीना गुरुङ

रश्मी आचार्य

पुण्य पौडेल

दमोदर बैरागी

वेदबहादुर गुरुङ

पुष्पा केसी भण्डारी

विद्या भट्टराई

प्रभा कोइराला

दिलिपविक्रम शाही

बालकृष्ण काउचामगर

युवराज पौडेल

माधव बास्तोला

तेजनारायण अधिकारी

मनुमाया खत्री

अर्जुन सुनाम

मीत्रकुमारी गुरुङ

मीनाकुमारी गुरुङ

केसबहादुर केसी

दलबहादुर गुरुङ

क्या.लालकाजी गुरुङ

लोचन अधिकारी

सिर्जना शर्मा

प्रेम न्यौपाने

मनबहादुर गुरुङ

मुस्ताङ

चन्द्रमोहन गौचन

प्रेम तुलाचन

कृष्ण गौचन

छिरिङ ल्हामो गुरुङ

टासी साङ्गो गुरुङ

शर्मीला गुरुङ

मनाङ

पोल्देन छोतेन गुरुङ

त्रिपल पी गुरुङ

शान्तमाया परियार

लमजुङ

धनञ्जय दवाडी

टुका हमाल

भीष्म अधिकारी

जमिन्द्रमान घले

लक्ष्मी अधिकारी

गुमानसिंह अर्याल

प्रेम घले

गोवर्द्धन गौली

महेन्द्रलाल श्रेष्ठ

दीपा गुरुङ

फूलबहादुर गुरुङ

बमबहादुर थापा

तनहुँ

टुकराज सिग्देल

केदार सिग्देल

श्रीप्रसाद श्रेष्ठ

कृष्णकुमार श्रेष्ठ

भगवती न्यौपाने

सविता रसाइली

रामचन्द्र पाध्या

शेषमणि आचार्य

दधिराज सुवेदी

गोरखा

प्रेम गुरुङ

कृष्ण नेपाली

बाबुराम थापा

सम्झाना देवकोटा

कमल दानी

यादव बस्नेत

सुरेन्द्र थापा

स्याङ्जा

सूर्यप्रसाद गैह्रे ‘पारस’

मीनप्रसाद गुरुङ

चक्र पराजुली

मोहन रेग्मी

सीमा क्षेत्री

पुण्य भुसाल

खिम थापा

मुक्ति पाठक

नारायण मरासिनी

सुधिर पौडेल

देवी थापामगर

देवी थापा क्षेत्री

तारा शर्मा

ताज मोहम्मद मिया

पर्वत

विकास लम्साल

पदम गिरी

मनोहर विश्वकर्मा पौडेल

प्रेम लामिछाने

मेघनाथ सुवेदी

कल्पना चापागाईं

रामु गिरी

यज्ञ सुवेदी

बागलुङ

जनक पौडेल

श्रीप्रसाद शर्मा

टेकबहादुर केसी

ममता शर्मा

गीता शर्मा

नरबहादुर थापा

भीमप्रसाद शेरचन ‘सुनील’

डा. सूर्य पाठक

हिरा केसी

मोहनलाल शर्मा

म्याग्दी

नरदेवी पुन

नवराज शर्मा

हरिकृष्ण श्रेष्ठ

सन्तोष रावल

नवलपुर

रोशन गाहामगर

चन्द्रमणि खराल

जीवन श्रेष्ठ

दीपक अधिकारी

जनकलाल श्रेष्ठ

चन्द्रा पुन

पद्मा जिसी श्रेष्ठ

कृष्ण घिमिरे

घनश्याम कोइराला

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?