Comments Add Comment

ट्रम्पद्वारा कोरोना राहत प्याकेज अस्वीकार

८ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको कंग्रेसले पठाएको नौ खर्ब डलरको कोरोना राहत प्याकेजको प्रस्ताव अस्वीकार गरेका छन् । ट्रम्पले कंग्रेसलाई यो प्याकेजमा सुधार गर्दै अमेरिकी नागरिकहरुलाई राहतको रकम बढाउन निर्देशन दिएका छन् । त्यसका साथै उनले यो प्याकेजमा अन्य केही सुधार पनि गरिनुपर्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा ट्रम्पले यो प्रस्तावमा ‘फजुल खर्च’ धेरै भएको पनि बताएका छन् । उनले यसमा महामारीमा कुनै पनि सम्बन्ध नभएको विषय पनि यसमा समेटिएको भन्दै आपत्ति जनाएका हुन् । कंग्रेसले पठाएको प्रस्ताव आफूले सोचेको भन्दा भिन्न किसिमको रहेको ट्रम्पको भनाइ छ ।

यससँगै कोरोना राहत कार्यक्रममा ढिलाइ हुने भएको छ । यसअघि कंग्रेसमा पनि डेमोक्रेटिक र रिपब्लिकन पार्टीका नेताहरुको बीचमा समझदारी हुन नसक्दा लामो समयसम्म यो प्याकेज रोकिएको थियो । अन्ततः नौ खर्ब डलरको राहत कार्यक्रममा सहमति जुटेको थियो ।

हाउस अफ रिप्रिजिन्टेटिभ्सकी सभामुख नेन्सी पेलोसीले ट्रम्पले भनेअनुसारको अमेरिकी नागरिकहरुलाई दुई हजार डलर दिन डेमोक्रेटिक पार्टी तयार रहेको प्रतिक्रिया दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment