Comments Add Comment

राजनीतिक घटनाक्रमले निजी क्षेत्र चिन्तित, संयमता नगुमाउन आग्रह

८ पुस, काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम प्रति निजी क्षेत्रका संघ–संगठनहरुले चिन्ता व्यक्त गरेका छन् । तीन ठूला निजी क्षेत्रका संगठहनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै चिन्ता व्यक्त गरेका हुन् ।

पछिल्ला घटनाक्रमले मुलुकको अर्थतन्त्रलाई फाइदा नपुग्ने भन्दै तीनै संगठनले संयमतापूर्वक निर्णय लिन मुलुकका प्रमुख राजनीतिक दलहरूसँग आग्रह गष्रेका छन् ।

‘राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गतिलिन सक्ने यथार्थतालाई कसैले पनि भुल्न हुंदैन’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्याधी कोभिड १९ का कारण यसै त मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजी क्षेत्र चिन्तित छ ।’

राजनीतिक स्थिरताको आर्थिक विकाससंग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले थप जटिलता सृजना गर्नेमा निजी क्षेत्र शसंकित एवं चिन्तित भएको विज्ञप्तिमा भनिएको छ ।

भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जिवीकोपार्जनमा समेत गम्भीर असर पर्ने भन्दै थप निर्णय लिदासुझबुझ र संयमतापूर्वक निर्णयलिई मुलुकलाई स्थिरतातर्फ लैजाने कार्यमा गम्भीर हुनु पर्ने निजी क्षेत्रको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment