+
+
Shares

प्रचण्डलाई भेट्न खुमलटार पुगिन् चिनियाँ राजदूत

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ९ गते ११:२५

९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न चिनियाँ राजदूत होउ यान्छी खुमलटार पुगेकी छन् ।

चिनियाँ राजदूत यान्छी विहान साढे नौ बजे खुमलटार पुगेकी थिइन् । प्रचण्डसँग राजदूत यान्छीको २० मिनेट जति कुरा भएको थियो ।

राजदूत यान्छीले प्रचण्डसँग समसामयिक विषयमा कुरा भएको जनाइएको छ । यसअघि पनि नेकपाको अन्तर संघर्ष चर्कदै जाँदा चिनियाँ राजदूतको सक्रियता बढ्ने गरेको थियो ।

यसअघि नेकपाका ओली र प्रचण्ड–माधव समूहले अलग–अलग केन्द्रीय समितिको बैठक बोलाएलगत्तै राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?