+
+

सुनको मूल्य तोलामा ८०० रुपैयाँले सस्तियो  

रासस रासस
२०७७ पुष १४ गते १२:३६
फाइल तस्वीर

१४ पुस, काठमाडौं । स्थानीय बजारमा मंगलबार पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य मंगलबार पुनः ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा सोमबार कारोबार भएको थियो । यस्तै तेजाबी सुन सोमबार प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएकामा मंगलबार प्रतितोला रु ९३ हजार ६०० मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ८०० ले घटेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा सोमबार कारोबार भएको चाँदी मंगलबार भने एक हजार ३०० मूल्य निर्धारण भएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?