+
+
Shares

महालक्ष्मी बैंक अनियमितता प्रकरण : तत्कालीन सुन जाँचकी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते १३:०३
प्रतिकात्मक तस्वीर

१४ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंक, कुमारीपाटीमा कमसल धितो राखेर बढी कर्जा प्रवाह गरिएको प्रकरणमा तत्कालीन सुन जाँचकी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पा स्थायी घर भइ काठमाडौं बस्दै आएका पद्यमचन्द्र ज्ञवाली छन् ।

ज्ञवालीले २०६७ सालदेखि ०७७ सालसम्म महालक्ष्मी बैंकमा वरिष्ठ सुन जाँचकीका रुपमा काम गरेका थिए । उनले जागिर छाडेर अर्को कर्मचारी नियुक्त भएपछि कमसल धितो राखेर साढे ७ करोड ऋण प्रवाह भएको भेटिएको थियो ।

प्रकरणमा बैंकका तीन शाखा प्रबन्धक पिंखु पालिखे, स्मृति राणा र अनिलसिंह सिजापतिसहित थप तीन जना ऋणी पक्राउ परिसकेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक सहकुलबहादुर थापाका अनुसार ज्ञवालीलाई काठमाडौंबाट पक्राउ गरेर अनुसन्धान थालिएको छ ।

‘ज्ञवालीमाथि म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने तयारी छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) थापाले अनलाइनखबरसँग भने, ‘ज्ञवालीको बयानबाट कसरी कसमल धितोमा ऋण दिने काम भयो भन्ने विषयमा प्रष्ट होला ।’

ज्ञवालीले महालक्ष्मी बैंकमा काम गर्नुअघि लामो समय नेपाल राष्ट्र बैंकमा क्यासियरका रुपमा काम गरेका थिए । घटनामा संलग्न सबै जनाविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम प्रहरीले अनुसन्धान गरिरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?