१४ पुस, काठमाडौं । स्ट्राइकर डिएगो कोस्टाले स्पानिस क्लब एट्लेटिको मड्रिड छाड्ने भएका छन् । पारिवारिक कारण देखाउँदै कोस्टाले क्लब छाड्नका लागि एट्लेटिकोसँग प्रस्ताव राखेका थिए र एट्लेटिकोले यसमा सहमति जनाएको हो ।
कोस्टाले गत आइतबार औपचारिक अनुरोध गरेपछि एट्लेटिकोले डिएगो कोस्टासँग उसको सम्झौता समाप्त गर्न सम्झौता भएको कुरा पुष्टि गरेको छ ।
लस रोजिब्लान्कोसका समर्थकहरूले ३२ वर्षीय कोस्टालाई अन्तिम पटक इल्चेविरुद्ध कोस्टाको गोल हेरेका थिए भने रियल सोसिडाडविरुद्ध उनले वैकल्पिक खेलाडीको रुपमा खेलेका थिए ।
सन् २०२० कोस्टाका लागि राम्रो रहेन । उनले यही वर्ष हर्नियाको सामना गर्नुपरेको थियो जसले उनलाई महिनौंसम्म बाहिर राख्यो । यस्तै कोभिड-१९ पोजेटिभ देखिएपछि त्यसको साइड इफेक्टको रूपमा थ्रोम्बोसिस भएको थियो ।
अझ त्यो भन्दा खराब कुरा पारिवारिक कारणले गर्दा कोस्टाले सम्झौता सकिन ६ महिना अघि नै आफ्नो सम्झौता अन्त्य गर्न प्रस्ताव राख्नुपर्यो । जसलाई एट्लेटिकोले स्वीकार गरेको हो ।
यो घोषणापछि एट्लेटिकोमा कोस्टाको दोस्रो स्पेलको अन्त्य भएको छ । जुन पहिलो स्पेल भन्दा कम सफल रह्यो ।
सन् २०१४ मा चेल्सी जानुअघि कोस्टाले एट्लेटिकोका लागि १३४ खेलमा ६४ गोल गरेका थिए । तर लण्डनबाट म८रिड पर्केपछि भने उनले ८१ खेलमा जम्मा १९ गोल मात्र गर्न सफल भए ।
सन् २००६ मा १७ वर्षको उमेरमा एट्लेटिकोमा आबद्ध भएका कोस्टाले समग्रमा २१५ अफिसियल म्याच खेल्दै ८३ गोल गरे भने ३६ असिस्ट गरे । उनले एट्लेटिकोमा रहँदा सन् २०१३-१४ को सिजन ला लिगा जिते । यस्तै एक कोपा डेल रे, एक युरोपा लिग र दुई यूईएफए सुपर कपको उपाधि पनि जिते ।
क्लबले कोस्टालाई धन्यवाद दिँदै आगामी दिनको लागि शुभकामना दिएको छ ।
प्रतिक्रिया 4