Comments Add Comment

वल्भसलाई हराउँदै म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा

१५ पुस, काठमाडौं । मार्कुस रासफोर्डले इन्जुरी टाइममा गरेको निर्णायक गोलको मद्दतमा वल्भ्सलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ ।

मंगलबार राति भएको खेलमा रासफोर्डकै एक मात्र गोलमा वल्भ्सलाई १-० ले पराजित गर्दै युनाइटेड दोस्रो स्थानमा उक्लेको हो । ९० मिनेटसम्मको खेल गोलरहित बराबरी बनेपनि इन्जुरी टाइमको चौथो मिनेटमा रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै युनाइटेडलाई ३ अंक दिलाए ।

जितपछि १५ खेलबाट ३० अंक जोड्दै युनाइटेड दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ३२ अंक छ । १६ खेलबाट २१ अंक रहेको वल्भ्स १२औं स्थानमा छ ।

यस्तै ब्राइटनलाई १-० ले पराजित गर्दै आर्सनल १३औं स्थानमा उक्लेको छ । अवे मैदानमा आर्सनलालई जिताउन अलेक्जान्डर लाकाजेटले ६६औं मिनेटमा निर्णायक गोल गरे । जितपछि १६ खेलबाट २० अक जो८दै बर्सनल १३औं स्थानमा पुगेको हो ।

वेष्टब्रोमलाई ५-० ले पराजित गर्दै १६ खेलबाट २३ अंक जोडेको लिड्स युनाइटेड ११औं स्थानमा उक्लेको छ । लिड्सका लागि एजजान एलिओस्की, ज्याक हारिसोन, रोड्रिगो र राफिन्हाले १-१ गोल गरे भने वेष्टब्रोमका रोमेन सावयर्सले एक आत्मघाती गोल गरेका थिए ।

यस्तै साउथह्याम्पटन र वेष्टहमले गोलरहित बराबी खेल्दै अंक बाँडेका छन् । १६ खेलबाट २६ अंक रहेको साउथह्याम्पटन नवौं स्थानमा छ भने समान खेलबा६ २३ अंकसहित वेष्टहम दशौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment