+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पत्रकार खत्रीको ‘स्कार्फ’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १६ गते १८:५१

१६ पुस, काठमाडौं । पत्रकार एवम् स्काउट लिडर राजीव खत्रीको ‘स्कार्फ’ नामक नियात्रासंग्रह सार्वजनिक गरिएको छ ।

युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङको प्रमुख आतिथ्यतामा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल तथा साहित्यकारहरू राधेश्याम लेकाली, युवराज नयाँघरे, लाइन्स क्लब इन्टरनेसनलका गभर्नर टंक श्रेष्ठ, स्काउट लिडरहरू डा. रविन्द्र प्रसाद पाण्डे, रविन दाहाल, अनन्तप्रसाद भेटुवाल, चन्दन कौसिक लगायतको उपस्थितिमा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले खत्रीको पुस्तकमा स्काउटसँगै देश, भाषा, संस्कृत र विभिन्न समाजलाई जीवन्त पढ्न सकिने बताए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष लेकालीले यो कृतिमा नेपाली पर्यटनका धेरै नदेखिने पक्ष समेटिएको भन्दै अन्तर्राष्ट्रियस्तरमा पनि विशेष कृतिका रुपमा जान सक्ने बताए । यात्रा साहित्य अहिले सबैभन्दा पढिने विधा भएको उनको भनाइ थियो ।

कृतिको समीक्षा गर्दै नियात्राकार युवराज नयाँघरेले स्काउट र यात्रा अनि विभिन्न संस्कृतिको प्रचार प्रसारमा यो कृतिले अहम् भूमिका खेल्ने धारण व्यक्त गरे ।

१४ वटा निबन्ध संग्रहित पुस्तकका लेखक खत्रीको यो पहिलो कृति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?