Comments Add Comment

के हो चीनले अभ्यास गरेको ‘क्लाउड डिप्लोमेसी’ ?

१८ पुस, काठमाडौं । कोभिड-१९ का कारण अन्य क्षेत्रमा जस्तै कूटनीतिक क्षेत्रमा पनि प्रत्यक्ष भेटघाट र अन्तक्रिर्यामा कमी आएको छ । तर दुईपक्षीय, क्षेत्रीय र वहुपक्षीय वैठकहरु भर्जुअल माध्यमले भइरहेको छ जसलाई संसारभर ‘भर्चुअल डिप्लोमेसी’ नामाकरण गरिएको छ ।

तर, चीनले कोभिड-१९ पछि जसरी आफ्नो अन्तरराष्ट्रिय मामिला सञ्चालन गरिरहेको छ र यसखाले कूटनीतिलाई उसले ‘क्लाउड डिप्लोमेसी’ भनेको छ ।

सो कूटनीतिलाई चीनले सन् २०२० को एक महत्वपूर्ण प्रगतिका रुपमा प्रचार गरिरहेको छ । सो कूटनीतिको नेतृत्व चिनियाँ राष्ट्रपति सी जिनपिङ आफैंले गरेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सन् २०२० मा सीले भर्जुअल माध्यमले ८७ वटा वैठक, २२ वटा दुईपक्षीय र क्षेत्रीय वैठकमा सहभागिता जनाएका थिए । त्यसैगरी कोरोना महामारीको समयमा धेरै देशका राज्य प्रमुखसँग टेलिफोन सम्वाद गरेका थिए ।

चीनको सरकारी सञ्चारमाध्यम सिन्हृवालाई दिएको एक अन्तर्वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यि ले भनेका छन्,’क्लाउड डिप्लोमेसीका माध्यमले राष्ट्रपति सी जिनपिङले आफ्नो जिम्मेवारीको प्रर्दशन गर्नुभएको छ । उहाँको ज्ञानको योगदान गर्नु भएको छ र कूटनीतिक सम्बन्ध सञ्चालनका बाटाहरु विस्तार गर्नु भएको छ ।’

विभिन्न देशले कोरोनाका कारणले वैदेशिक सम्बन्ध सञ्चालनमा केही असर परेको बताएका छन् । तर चीनले भने क्लाउड कूटनीतिका माध्यमबाट कूटनीतिक सम्बन्ध अझ सुदृढ भएको दाबी गरेको छ ।

क्लाउड कूटनीतिको कारणले नै राष्ट्रपति सीले कोभिड-१९ विरुद्धको अभियानको नेतृत्व गरेको र ऐक्यवद्धता जनाएको चिनियाँ विदेशमन्त्री वाङ यिले बताएका छन् । उनले भनेका छन्, ‘क्लाउड कूटनीतिको माध्यमले राष्ट्रपति सीले विश्वको आर्थिक पुनरुत्थानमा विश्वको आत्मविश्वास बढाउनु भएको छ ।

त्यसैगरी क्लाउड डिप्लेमेसीका माध्यमले चिनियाँ राष्ट्रपतिले गरेका अन्य गतिविधिको फेहरिस्त पनि सार्वजनिक गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment