+

पीएसजीको नयाँ प्रशिक्षकमा पोचेटिनो नियुक्त

२०७७ पुष  १९ गते ६:५६ २०७७ पुष १९ गते ६:५६
पीएसजीको नयाँ प्रशिक्षकमा पोचेटिनो नियुक्त

१९ पुस, काठमाडौं । टोटनहमका पूर्वप्रशिक्षक माउरिसिओ पोचेटिनो फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका नयाँ प्रशिक्षक नियुक्त भएका छन् । लिग वान च्याम्पियन पीएसजीले शनिबार क्लबकै पूर्वखेलाडी पोचेटिनोलाई नयाँ प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो ।

अब उनले थोमस टुचेलको स्थान लिनेछन् । टुचेललाई पीएसजीले डिसेम्बर २९ मा बर्खास्त गरेको थियो ।

४८ वर्षीय अर्जेन्टाइन पोचेटिनोले सन् २००१ देखि २००३ मसम्म फ्रेन्च क्यापिटल क्लब पीएसजीका लागि खेलेका थिए ।

सन् २०१९ नोभेम्बरमा टोटनहमले बर्खास्त गरेपछि पोचेटिनो कामविहीन थिए ।

पोचेटिनो दोस्रो पटक आफू खेलेकै क्लबको प्रशिक्षक बनेका हुन् । यसअघि उन स्पानिस क्लब स्पानयोलमा खेलाडीपछि प्रशिक्षकको भूमिका पनि थिए ।

हाल पीएसजी फ्रेन्च लिग वानमा तेस्रो स्थानमा छ । यस्तै युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा पीएसजीले स्पानिस क्लब बार्सिलोनासँग खेल्नेछ ।

पोचेटिनोले पीएसजी प्रशिक्षक बन्न पाउँदा खुसी लागेको बताएका छन् ।

पीएसजी प्रशिक्षक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय