Comments Add Comment

नेप्से परिसूचकले राख्यो नयाँ रेकर्ड

१९ पुस, काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक २ हजार १ सय ७५ दशमलव ३९ अंकले उकालो लागेर नयाँ रेकर्ड कायम भएको हो ।

साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ८८.१२ अंकले बढेको छ । नेप्से परिसूचकमा आएको उछालले बजारमा कारोबार हुने सबै उपसमूहहरु हरियाली देखिएका छन् ।

बुधबार सबैभन्दा धेरै व्यापार उपसमूहमा रहेका कम्पनीहरु बढेका छन् । जसको असर व्यापार समूह ९.६४ अंकले बढेको छ । कारोबार रकमा भने निकै ठूलो उचाल आएन ।

दिनभर भएका ५४ हजार ६ सय ९८ कारोबारबाट २१२ कम्पनीका १ करोड ४० लाख २६ हजार ८ सय ६६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँ पुगेको छ ।

सूचीकृत कम्पनीहरुबाट सर्वसाधारणमा जारी भएका सेयरहरुको मात्रै कारोबार मापन गर्ने परिसूचक फ्लोट परिसूचक पनि ४ दशमलव १ प्रतिशत अर्थात ५ दशमलव ८२ अंकले बढेर १ सय ४७ दशमलव ७४ अंकमा बन्द भएको छ । यस्तै सन्सेटिभ फ्लोट परिसूचक पनि ३ दशमलव ९७ प्रतिशत अर्थात ५ दशमलव ०७ अंकले बढेर १ सय ३२ दशमलव ९७ अंकमा बन्द भएको छ ।

बजारले नयाँ उचाई बनाउँदै जाँदा लगानीकर्तामा उमंग थपिएको छ । जसका कारण बजारमा सेयरको माग बढेको छ । अर्कोतर्फ वित्तीय प्रणालीमा पनि अधिक तरलता छ । बैंक ब्याजदर पनि सस्तो भएको छ । बजार निरन्तर बढ्दै जाने र सेयर खरिदका लागि कम ब्याजदरमा सहजै बैंकले रकम उपलब्ध गराउने भएपछि लगानीकर्ताले सेयरको माग बढाएको देखिन्छ ।

यस्तै कोभिड–१९ का कारण अन्य वास्तविक क्षेत्र सुस्ताएकाले पनि नयाँ र ठूला लगानीकर्ताको प्रवेश सेयर बजारमा हुने क्रम पनि बढ्दै गएको छ । त्यसैले हरेक दिन सेयर बजारमा रौनकता देखिएको मान्न सकिन्छ ।

आइतबार कारोबारमा आएका सबै समूह बढेका छन् सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ६४ प्रतिशतले बढेको छ ।

त्यसपछि अन्य समूह ६ दशमलव १९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४ दशमलव ८६ प्रतिशत, बैंकिङ समूह ४ दशमलव ४७ प्रतिशत, जीवन बीमा समूह ४ दशमलव ०९ प्रतिशत, निर्जीवन बीमा समूह २ दशमलव ८४ प्रतिशत, जलविद्युत समूह २ दशमलव ४६ प्रतिशत, लघुवित्त समूह २ दशमलव ३६ प्रतिशत, विकास बैंक समूह २ दशमलव १६ प्रतिशत, होटल समूह १ दशमलव ८५ प्रतिशत, फाइनान्स समूह शुन्य दशमलव ८८ प्रतिशत र म्युचुअल फण्ड समूह शुन्य दशमलव २१ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड ९५ लाख ७५ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकको ५० करोड २६ लाख २ हजार रुपैयाँको कारोबार भएको छ । यस्तै नेपाल दुरसंचार प्राधिकरणको ४५ करोड ७ लाख ९१ ह्जार रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ५२ लाख ५९ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको २७ करोड ३७ लाख ९६ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

आज हिमालयन डिस्टिलरीका सेयरधनी र साल्ट ट्रेडिङ कर्पोरेशनका सेयरधनीले १० प्रतिशतले कमाएका छन् । यस्तै ९ प्रतिशत भन्दा माथि कमाउने कम्पनीका सेयरधनीहरुमा नेपाल पुनर्बीमा कम्पनी, प्राइम कमर्सिय बैैंक, कुमारी बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, नेशनल लघुवित्त वित्तीय संस्थाका रहेका छन् ।

बजारमा उच्च वृद्धि भएपनि राधि विद्युत कम्पनी, शिवश्री हाइड्रोपावर लगायत ३० वटा कम्पनीका सेयरधनीले भने गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment