Comments Add Comment

स्वयम्भुनाथ बचाउ मञ्चद्वारा विरोध प्रदर्शन

१९ पुस, काठमाडौं । कलंकी–चाबहिल सडक विस्तारको क्रममा विश्वसम्पदामा सुचीकृत संरचना भत्काउन लागेको भन्दै स्वयम्भुनाथ संरचना बचाउ अभियान मञ्चले विरोध प्रदर्शन गरेको छ ।

मञ्चले आइतबार स्वयम्भु क्षेत्रमै पुगेर विरोधसभा गरेको हो । कार्यक्रमका वक्ताहरूले स्वयम्भु क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्रको घुमाउने माने र साङ्गे तोङकु समेत भत्काउन लागेको र त्यसलाई तत्काल रोक्नुपर्ने बताए ।

सरकारले सडक विस्तारको नाममा विश्वसम्पदा सूचीमा सूचीकृत हातेमणि र हजार बुद्ध सहतिको ७५ पिफट अग्लो विशाल नमुना बौधीचैत्य सहितको पर्खाल समेत भत्काउन लागेको उनीहरूको भनाइ छ ।

सोमबार मध्याह्न एक बजे पनि विरोध कार्यक्रम राखिएको मञ्चमा आबद्ध निमा लामाले जानकारी दिए ।

यही माग राखेर स्वयम्भु विश्वसम्पदा क्षेत्र बचाऔं अभियान पनि आन्दोलित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment