Comments Add Comment

पर्सागढीमा विजयउत्सव मनाइयो (फोटो फिचर)

१९ पुस, वीरगञ्ज । आइतबार पर्साको पर्सागढीमा पर्सागढी विजयउत्सव भव्यताका साथ मनाइएको छ ।

१८७१ पुस १८ र १९ गते नेपाल र ब्रिटिश इष्ट इन्डिया कम्पनी फौजसँग पर्सागढीमा युद्ध भएको थियो । सो युद्धमा विजय पाएको सम्झनामा साइक्लिङ पदयात्रा, विभिन्न साँस्कृतिक झाँकीको प्रदर्शनी तथा विजय ¥याली आयोजना गरिएको छ ।

पर्सागढी नगरपालिकाबाट निकालिएको ¥यालीमा नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरु परम्परा–सँस्कृति झल्कने पोशाक, हातहतियार तथा बाजागाजासहित सहभागी थिए ।

वीरगञ्जको घण्टाघरबाट वीरगञ्ज साइक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवाल नेतृत्वको १५ जनाको टोली साइकलमा पर्सागढी पुगेका थिए ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले पर्सागढीसम्म जाने बाटो राम्रो हुनुपर्नेमा जोड दिए । वडा नं ८ का अध्यक्ष किशुनदेव प्रसाद यादवले पर्सागढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले पूर्वजले इतिहास बनाएको स्थलको संरक्षण र विकासका लागि राज्यले प्राथमिकता नदिएको गुनासो गरे । नेपाली सेनाले चासो लिएपछि पर्सागढीका लागि ‘नयाँ युग’ को शुरुवात भएको महशुस गरेको उनले बताए ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment