+
+

थानकोटमा समातिएको डेढ करोडबारे छानबिनको जिम्मा सम्पत्ति शुद्धीकरणलाई

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २० गते १६:३२

२० पुस, काठमाडौं । प्रहरीले थानकोटबाट बरामद गरेको एक करोड ४७ लाख रुपैयाँबारे थप अनुसन्धानको जिम्मा सम्पत्ति शुद्धीकरण विभागलाई दिएको छ ।

महानगरीय प्रहरी वृत्त, थानकोटले सोमबार बिहान साढे ४ बजे एक निजी सवारीसाधनबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद गरेको थियो । बरामद रकमबारे थप अनुसन्धान गर्न भन्दै काठमाडौं प्रहरीले पक्राउ परेका व्यक्ति र रकमलाई सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाएको हो ।

काठमाडौंका एसएसपी अशोक सिंह भन्छन्, ‘रकमको स्रोत र प्रायोजनबारे थप अनुसन्धान गर्नुपर्ने भएकाले विभागमा पठाएका हौं ।’ प्रहरीले रकमसहित भारतीय नागरिक अमितकुमार गुप्ता र सवारी चालकलाई पक्राउ गरेको थियो ।

सिंहले बरामद रकम हुण्डी वा अन्य कुनै अवैध क्रियाकलापमा प्रयोग गर्नका लागि ल्याइएको हुनसक्ने आशंका गरेका छन् । यद्यपि, विस्तृत अनुसन्धानपछि मात्रै त्यसबारे खुल्ने सिंहले सोमबार आयोजित पत्रकार सम्मेलनमा भनेका छन् ।

रकम कपिलवस्तुबाट ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?