+
+
Shares

‘योगाभ्यास’ गर्दै संसद विघटनविरुद्ध विवेकशीलको प्रदर्शन

शंकर गिरी शंकर गिरी
२०७७ पुष २१ गते १५:५३

२१ पुस, काठमाडौं । विवेकशील पार्टीले संसद विघटनविरुद्ध मंगलबार काठमाडौंको माइतीघरमा ‘योगाभ्यास’ गर्दै विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पद र शक्तिको दुरुपयोग गर्दै असंवैधानिक तवरबाट  प्रतिनिधिसभा विघटन गरेको भन्दै विवेकशीलले योगाभ्यास गर्दै विरोध प्रदर्शन गरेको हो ।

असंवैधानिक संसद विघटन खारेज गर, यो समय भ्याक्सिनको हो, “कू” मतिमा नलाग्नुहोस् प्रमज्यू, अमर रहोस लोकतन्त्र अन्त्य होस् लूटतन्त्र, नागरिकको साथ छ मात्र सर्वोच्चको आश छ, लगायतका प्ले कार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

विवेकशीलले  विभिन्न सृजनात्मक तवरवाट माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएको छ ।

बुधबार बिहान १०:३० बजे पनि योग अभ्यास गर्दै प्रदर्शन गर्ने विवेकशील पार्टीकी नेत्री साधना राईले जानकारी दिइन् ।

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?