+
+

तीन नेपाली बालकथा बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २१ गते १६:१६

काठमाडौं । बालबालिकाका लागि किताब प्रकाशन गर्ने ‘कथालय’बाट तीनवटा नेपाली बालकथाका किताब प्रकाशित भएका छन् । ‘मनोहरको मुरली’, ‘सफा झिँगा’ र सेल्फीको रहर’ एकैसाथ प्रकाशन भएका हुन् ।

बालबालिकासँग अनेक रहर, सीप र क्षमता हुन्छन् । साथीहरुसँग मिलेर नयाँ नयाँ कुरा सिक्ने कौतुहलताको कथा ‘मनोहरको मुरली’ मा लेखक नारायणश्री अधिकारीले लेखेका छन् । निकै राम्रो मुरली बजाउने मनोहरको मुरली देखेर उसकी साथी दीपालाई पनि मुरली बजाउने रहर जाग्छ । तर मुरली सिक्ने कुरामा झगडा गर्दागर्दै मनोहरको मुरली भाँचिन्छ । त्यसपछी दीपा र मनोहरले मिलेर सिक्नुपर्ने रहेछ भन्ने पाठ सिक्दै अन्त्यमा दुवैजनाले मिलेर मुरलीमा नयाँनयाँ धुन बजाउने कुरासम्म पुगेका छन् । चित्रकार विनिता बुद्दाचार्यले बनाएका चित्रले कथाका यी घटनाक्रम झनै सहज ढंगले बुझ्न सघाउँछन र कथालाई अझै रोचक बनाएका छन् ।

तेजप्रकाश श्रेष्ठको लेखन र विजयराज शाक्यको चित्रकारिता रहेको ‘सफा झिँगा’ कथालयले सार्वजनिक गरेको दोस्रो किताब हो । यसमा बालबालिकालाई सरसफाइ र रोगबाट बच्ने उपायहरुको जानकारी कथाको माध्यमबाट दिइएको छ ।

कथालयले सार्वजनिक गरेको तेस्रो किताब ‘सेल्फीको रहर’ हो । कथामा लेखक रामदेव पाण्डेले मुसा र बिरालोलाई मानवीकरण गर्दै बालबालिकालाई सचेत गराउन खोजेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?