Comments Add Comment

पीएसएलको ड्राफ्टमा सन्दीप लामिछाने

२१ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) २०२१ को लागि प्लाटिनम ड्राफ्टमा परेका छन् ।

पाकिस्तान सुपर लिग आयोजक पाकिस्तान क्रिकेट बोर्डले मंगलबार सार्वजनिक गरेको ड्राफ्टमा सन्दीप विदेशी खेलाडीतर्फ प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा परेका हुन् । पीएसएलको लागि यो महंगो मूल्यको खेलाडी समावेश क्याटेगोरी हो ।

सन्दीपले सन् २०१८ मा लाहवर कलन्दर्सबाट खेल्दै पीएसएलमा डेब्यु गरेका थिए । गत संस्करणमा भने सन्दीप छनोट हुन सकेनन् ।

यस क्याटगेरीको ड्राफ्टमा सन्दीपसहित विभिन्न ७ देशका २५ खेलाडी परेका छन् । जसमा दक्षिण अफ्रिकाबाट सर्वाधिक ७ खेलाडी पर्दा वेष्ट इन्डिज र इंगल्याण्डबाट ५-५ खेलाडी परेका छन् ।

यस्तै अफगानिस्तानबाट ३, श्रीलंकाबाट २ तथा अष्ट्रेलिया बंगलादेश र नेपालबाट समान १ खेलाडी परेका छन् ।

यस क्याटेगोरीमा क्रिस गेल, क्रिस लिन, डेविड मालान देखि इमरान ताहिर, डेल स्टेन, रासिद, खान ड्वाने ब्राभो जस्ता खेलाडीहरु समावेश छन् ।

यस क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले १ लाख ४० हजारदेखि २ लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् ।

छैटौं सिजनको पीएसएलको लागि ड्राफ्ट आगामी जनवरी १० मा लाहोरमा हुनेछ ।

ड्राफ्ट अघि अब ६ वटा फ्रेन्चाइजले खेलाडीहरु रिटेन्सन गर्ने वा ट्रेड गर्ने निर्णय गर्न पाउने पीसीबीले जनाएको छ । हरेक फ्रेन्चाइजले ड्राफ्टअघि बढीमा ८ जनासम्म खेलाडी रिटेन गर्न पाउनेछन् ।

२०२१ फेब्रुअरी-मार्चमा आयोजना हुने पीएसएलको सबै खेलहरु पाकिस्तानमै हुन्छ । गत सिजन कराची किंग्सले पिएसएलको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment