+
+

आयातीत गाडीको प्राविधिक जाँच गर्न भन्सारमा दरबन्दी थप

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २२ गते १६:५४

२२ पुस, काठमाडौं । विदेशबाट आयात हुने सवारी साधनको प्राविधिक जाँच गर्न भन्सार विभागले मेकानिकल इन्जिनियरको दरबन्दी थप गरेको छ ।

सवारी साधनको प्राविधिक पक्षको ज्ञान नहुँदा राजश्व दरमा घटबढ हुने, व्यवसायीहरुले झुक्याउन सक्ने भएकाले विभागमा यस्तो जनाशक्तिको दरबन्दी राखिएको विभागले जनाएको छ । तत्कालकालागि यातायात तथा हेबी इक्वीपमेन्ट कार्यालयमा काम गरेका मेकानिकल इन्जिनियरले विभागमा स्थायी नियुक्त हुन सक्ने विभागले जनाएको छ ।

भन्सार मुद्धामा रहेका हजारौं सवारी साधनको मूल्याङ्कनमा पनि मेकानिकल इन्जिनियर नभएर समस्या भएकाले आवश्यकता रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?