Comments Add Comment

सर्लाहीमा घुससहित मालपोतका नायब सुब्बा र लेखापढी व्यवसायी पक्राउ

२३ पुस, जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायब सुब्बा बेधनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कार्यालयबाट गएको टोलीले रंगेहात दुवै जनालाई बिहीबार नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

लालपूर्जामा नाम सच्याउने नाममा एकजना सेवाग्राहीसँग रु ११ हजार घुस लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment