Comments Add Comment

रुपन्देहीमा जिपको ठक्करबाट दुईजनाको मृत्यु

२३ पुस, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा जिपले एकैपटक दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

भैरहवाबाट हुलाकी सडक हुँदै परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेका दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जा गल्याङ नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र रुपन्देहीको देवदह नगरपालिका कदमीपुरका २३ वर्षीय असिम चौधरीको मृत्यु भएको हो ।

अधिकारी लु ३७ प ६७९८ नम्बरको र चौधरी लु २१ प ७८११ नम्बरको मोटरसाइकलमा सवार थिए । जिपको ठक्करबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा छुट्टाछुट्टै अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाका अनुसार अधिकारीको भैरहवा मेडिकल कलेज र चौधरीको भिम अस्पताल भैरहवामा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका पश्चिम नवलपरासी सुनवलका २८ वर्षीय विमल गैरे र देवदह कदमपुरकी २५ वर्षीया रमिता चौधरीको उपचार भइरहेको प्रवक्ता थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment