Comments Add Comment

राष्ट्रिय फुटबल टिमको खेल सामग्री वितरक र प्रायोजनको को लागि खुल्ला बिडिङ हुने

२६ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमको खेल सामग्री वितरक तथा प्रायोजकका लागि बिडिङ खुल्ला गरेको छ ।

एन्फाले त्यसका लागि शनिवार टेन्डरको आह्वान गरेको छ । यसअघि एन्फाले राष्ट्रिय टिमको खेल सामग्री प्रदायक कम्पनी केल्मीसँगको सम्झौता गरेको थियो । उक्त सम्झौता सकिएपछि एन्फाले राष्ट्रिय फुटबल टिम पुरुष,महिला, युवा र उमेर समूहको टिमको खेल सामग्री प्रायोजन र वितरणको लागि खुल्ला टेन्डरसहित नयाँ कम्पनीको खोजी गरेको छ ।

एन्फाले बिडिङ गर्न चाहने कम्पनीहरुका लागि विभिन्न सर्तहरु पनि राखेको छ ।

इच्छुक कम्पनीले एन्फा मुख्यालय सातदोबाटो पुगेर र इलेक्ट्रोनिक माध्यमबाट पनि बिडिङ गर्न सक्नेछन् ।

बिडिङ गर्न इन्छुक कम्पनीले लिखित निवेदनसहित एन्फामा दर्ता गर्नुपर्ने बताएको छ । यस्तै त्यसका लागि ३ हजार शुल्क लाग्नेछ । फेब्रअरी ७ तारिखसम्म बिडिङ गर्न सकिनेछ ।

यदि अनलाईनबाट बिडिङ गर्न चाहेका कम्पनीले हार्डकपी पेस गर्नुपर्ने भनिएको छ । खेलकुद सामाग्रि प्रदायक कम्पनीका लागि प्रि-बिडिङ छलफल जनवरीको २९ तारिखमा सातदोबाट स्थित एन्फाको कार्यालयमा हुनेछ ।

अनलाइन वा भौतिकरुपमा बिडिङ गर्नेले फेब्रुअरी ८ तारिक १२ बजेभित्र दर्ता गरिसक्नुपर्ने त्सपछि आएका बिडलाई मान्यता नदिने एन्फाले जनाएको छ ।

बिडिङ फेब्रुअरी ८ तारिख दिउँसो २ बजे खुल्ला गरिने एन्फाले जनाएको छ । यस्तै बिडिङका बेला आवेदन दिने कम्पनीका प्रतिनिधि पनि बस्न पाउने एन्फाले जनाएको छ ।

बिडिङ गर्ने बिडरले ग्यारेन्टिका लागि ३० दिनका लागि १६ लाख रुपैयाँ एडभान्स जम्मा गर्नुपर्नेछ ।

यदि बिडिङ आवेदनको पहिलो दिन र अन्तिम दिन सरकारी विदाको दिन परेको खण्डमा त्यसका अर्को दिनलाई अन्तिम दिन मानिने एन्फाले बताएको छ । यस्तै एन्फाले बिडिङ रद्द गर्ने अधिकार पनि रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment