काठमाडौं । लिग लिडर एसी मिलानले इटालियन सिरी ए मा दोस्रो स्थानको इनटरमाथि ४ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा टोरिनोलाई २-० ले पराजित गर्दै मिलानले ४ अंकको दूरी कायम गरेको हो ।
अघिल्लो खेलमा युभेन्ट्ससँग पराजित भएको मिलानले फेरि जित यात्रा थालेको छ । घरेलु मैदानमा भएको खेलमा एसी मिलानले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको २५औं मिनेटमा राफेल लिएओले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा फ्रांक केसील पेनाल्टीमा मिलानका लागि दोस्रो गोल गरे ।
जितपछि १७ खेलबाट ४० अंकसहित मिलान शीर्ष स्थानमा छ । एक खेल कम खेलेको इन्टर ३६ अंकसहित दोस्रो स्थानमा छ । इन्टरले आइतबार राति तेस्रो स्थानको रोमासँग खेल्दैछ । रोमाको ३३ अंक छ ।
प्रतिक्रिया 4