+

तेस्राे टेष्ट जित्न भारतले अन्तिम दिन ३०९ रन बनाउनुपर्ने

२०७७ पुष  २६ गते १४:५४ २०७७ पुष २६ गते १४:५४
तेस्राे टेष्ट जित्न भारतले अन्तिम दिन ३०९ रन बनाउनुपर्ने

२६ पुस, काठमाडौं । अष्ट्रेलियाविरुद्धकाे तेस्राे टेष्ट जित्न भारतले अन्तिम दिन ३०९ रन बनाउनुपर्ने भएकाे छ ।

४०७ रनकाे लक्ष्य पछ्याएकाे भारतले चााैथाे दिनकाे समाप्तीमा २ विकेट गुमाएर ९८ रन बनाएकाे छ । अब अन्तिम दिन भारतले जितका लागि ३०९ रन बनाउनु पर्नेछ । राेहित शर्मा ५२ र शुभमन गिल ३१ रन बनाएर आउट भए । चेतेश्वर पुजारा ९ र कप्तान अजिन्का रहाने ४ रन बनाएर खेलिरहेका छन् ।

१०३/२ बाट चाैथाे दिनकाे खेल थालेकाे घरेलु टाेली अष्ट्रेलियाले ३१२/६ मा दाेस्राे इनिङ्स डिक्लेर गरेपछि भारतले ठूलाे लक्ष्य पाएकाे हाे । अष्ट्रेलियाका लागि मार्नुस लाबुसचेन, स्टिभ स्मिथ र क्यामरुनले ग्रीनले अर्धशतक प्रहार गरे ।

ग्रीनले सर्वाधिक ८४ रन बनाउँदा स्मिथले ८१ र लाबुसचेनले ७३ रन बनाए । कप्तान टिम पेन ३९ रनमा अविजित रहे । भारतका लागि बलिङमा नवदीप सैनी र रविचन्द्रन आश्विनले २-२ विकेट लिए ।

अष्ट्रेलिया टेष्ट क्रिकेट भारत
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय