+
+
Shares

प्रधानमन्त्रीलाई प्रचण्ड–माधव समूहको चेतावनी : पूर्वप्रधानन्यायाधीशहरुलाई नधम्क्याऊ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते २०:४७
फाइल तस्वीर

२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आपत्ति जनाएको छ ।

संसद विघटनबारे पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले वक्तव्य जारी गरेको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाउँदै आएका छन् । आइतबार मात्र राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले अदालतको काममा बाधा गरेको भन्दै आलोचना गरेका थिए ।

नेकपा प्रचण्ड–माधव समूहले भने प्रधानमन्त्रीले पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै आपत्ति जनाएको छ । आइतबार साँझ बसेको सचिवालय बैठकले पूर्वप्रधानन्यायाधीशहरुले नागरिकको हैसियतमा बोल्दा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्क्याउने काम गरेको भन्दै आपत्ति जनाएको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले हरेक नागरिकले आफ्नो विचार राख्न पाउने स्वतन्त्रता र संवैधानिक हकको सम्मान गर्न आग्रह गरे ।

बैठकले सरकारी सञ्चार माध्यमहरु एउटा गुटको पर्चा जस्तो भएको भन्दै आपत्ति जनाएको छ । प्रवक्ता श्रेष्ठले भने, ‘सरकारी स्रोत साधनको दुरुपयोग गर्न बन्द गरियोस् ।’

यो पनि पढ्नुहोस् 

चार पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको चेतावनी : न्यायालयलाई नधम्क्याउनुस्

‘पूर्वप्रधानन्यायाधीशहरूले होइन, प्रधानमन्त्रीले अदालतलाई धम्क्याइरहेका छन्’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?