Comments Add Comment

सिनेमा हल खुलाउने सरकारको निर्णय

नेपाल सरकारले चैत्र ११ गतेदेखि बन्द रहेका सिनेमा भवनहरु खोल्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सुरक्षा मापदण्ड अपनाएर चलचित्र भवनहरु संचालन गर्न दिने निर्णय गरेको हो ।

संचार, सूचना तथा प्रविधी मन्त्री पार्वत गुरुङले आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सिनेमा भवनहरु खोल्न दिने निर्णय गरेको अनलाइनखबरसँग बताए ।

सरकारले कोरोना महामारीका कारण गतबर्षको चैत्र ११ गतेबाट देशभरका सिनेमा भवनहरु बन्द गर्ने निर्णय गरेको थियो । तर, लकडाउन सकिएको घोषणा गरिसक्दा पनि सरकारले सिनेमा भवनहरु भने संचालनका लागि अनुमती दिएको थिएन ।

चलचित्रकर्मीहरुले बारम्बार सरकारसँग सिनेमा भवन खोल्ने अनुमती दिनका लागि अनुरोध गरेका थिए । सरकारले सिनेमा भवन खोल्ने बिषयमा कुनै निर्णय नगरेपछि पौष १० गतेबाट प्रदर्शकहरुले एकतर्फी रुपमा हल खोलेका थिए ।

सीसीएमसीले केही दिन अगाडि नै सरकारलाई सुरक्षा मापदण्ड अपनाएर सिनेमा भवन सुचारु गर्न दिन आग्रह गरेको थियो । सरकारले सीसीएमसीको पत्रलाई आधार मान्दै हल खोल्न दिने निर्णय गरेको हो ।

सिनेमा भवनहरु पौष १० गतेबाट संचालनमा आएपनि नयाँ चलचित्र भने रिलिज भएका छैनन् । अब, चलचित्र रिलिजका लागि निर्माताहरु पनि अगाडि आउने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment