Comments Add Comment

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

२८ पुस, काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । योसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ ।

अदालतका प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ पाठ्यक्रम रोक्न भन्दै असोज २८ गते परेको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको अनलाइनखबरलाई बताए ।

गणित विषय अनिवार्य गर्ने सन्दर्भमा अदालतले आदेश दिनुभन्दा प्राज्ञ, विज्ञ र सरोकारवालासँग छलफल गरेर एक वर्षभित्र पुनर्विचार गर्न भनिएको छ । यद्यपि, लिखित आदेश आइसकेको छैन ।

नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

रिट निवेदनमा संविधानको अनुसूची ८ अनुसार स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा भए पनि संघीय सरकारले पाठ्यक्रम प्रारुप तयार पारेको र गणित विषय नभएकाले नयाँ पाठ्यक्रम लागू नगर्न माग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment