Comments Add Comment

‘नेकपाको जुन समूहसँग ४४१ सदस्यीय केन्द्रीय कमिटीको बहुमत छ उही आधिकारिक’

फाइल तस्वीर

२९ पुस, काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगलाई उपलब्ध गराइएको केन्द्रीय सदस्य र पदाधिकारीको बहुमतका आधारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता निर्क्यौल हुने बताएका छन् ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै उप्रेतीले आफ्नो आधिकारिक परिचय पत्रसहित आएका केन्द्रीय सदस्यको बहुमत जता छ उसैले नेकपाको नाम, चुनाव चिन्ह र झण्डा पाउने कानुनी प्रक्रिया र यसअघिको प्रचलन रहेको बताए ।

नेकपाका दुवै समूहले आफू आधिकारिक भएको दाबी गरेर नहुने भन्दै उनले निर्वाचन आयोगमा दर्ता गराइएको विवरणमा ४ सय ४१ केन्द्रीय सदस्य रहेको र त्यसैको बहुमत जोसँग छ उही आधिकारिक हुने बताए ।

प्रचण्ड–नेपाल पक्षले विधान अनुसार ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये आफूहरुको पक्षमा २ सय ९५ रहेको दावी गरेको छ भने ओली पक्षले नेकपाको विधान विपरीत केन्द्रीय सदस्य विस्तार गरेर १५ सय १ सदस्यीय बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment