Comments Add Comment

एकादेशको कथा होइन, ओनसेन

ओनसेन एकादेशको कथा होइन । यो जापानको वास्तविक कथा हो । बडो उदेकलाग्दो र रहस्यमय छ यो । मनमनै दबाएर राख्नुपर्ने तर यथार्थ । तातो पानीको कुण्ड पनि ओनसेन र यसभित्र सर्वाङ्गै पस्ने पनि ओनसेन ।ओनसेन जापानीहरूको आन, मान र शान हो। विश्वभर नै प्रशिद्दि पाएको ओनसेनमा पहिलोपल्ट छिर्दा चकित परियो। सर्वाङ्गै ! के बच्चा के बुढा, सबका सबै । शुरूमा त ६ वर्षे छोरो र म आपसमा हेराहेर गर्यौं । जापान नभएको भए यो पटक्कै स्वभाविक थिएन । परिस्थिति र समाजले निर्धारण गर्दो रहेछ । खासगरी यात्रुसँग सामाजिक बन्नुको विकल्प रहन्न। क्रमशः सामाजिक बनियो र पछि यो निकै स्वभाविक बन्दै गयो । कुण्ठाको कुनै कैफियत नै बाँकी रहन्न ।

ओनसेनमा भित्रको तस्विर झन गजबको हुँदो रहेछ । तातो वाफको मोहक भित्र मौन, शान्त र दुरुस्त मान्छे । फगत एउटा हाते रूमाल । लाज छोपोस वा पसिना पुछोस, त्यही हाते रूमाल । पहराबाट निस्कने वाफ सहित भोल्कानो झै निस्कन्छ,तातोपानी । यसलाई जापानीमा “जिक्कोगु” भनिन्छ । यसैको बुलबुलमा शरिरलाई चुर्लुम्म डुबाउने योगा झै रहेछ,ओनसेन । होटल-घरहरूमा कृतिम र संसारका कैयन स्थानहरूमा प्राकृतिक ओनसेन छन् । हाम्रोमा पनि तातोपानीको कुण्ड पोखरी छन् । जापान भुकम्प र ज्वालामूखीको जोखिम क्षेत्र हो । हो, यहाँ पनि प्राकृतिक ओनसेनहरू मनग्गे छन् ।

अशोक क्षेत्री (रेशम)

हरेक जसो जापानी होटेलमा ओनसेन अनिवार्य झै हुन्छन् । कृतिम तातोपानीको बुलबुलमा दर्जनौं संख्यामा पुरूष र संभवत उस्तै संख्यामा महिलाका लागि बेग्ला बेग्लै शौचालय झै बनाएको हुन्छ ओनसेन । एउटा कुनामा चिसो पानीको पोखरी छ । दर्जनौं धाराहरू छन् । तातो मुस्लो निस्कने बुलबुलबाट पानीको रङ भुवादार बनेर सेताम्मे भएको छ । साइडमा शरिर डुबाउन मिल्ने पोखरी छ । कलकल बगिरहेको तातो पानीमा मान्छेहरू गम्छाले मुख छोपेर निर्लज्ज सुतिरहेका छन् । तातो पानीलेमानौं, शारिरिक सहनशीलताको परिक्षणमा गरिरहेछ ।पलपलमा मान्छेहरू चिसो पानीमा गम्छा डोबेर निचोड्छन् । मुखको पसिना पुछेर फेरि तातोतिर फर्कन्छन् ।

नजिकै विशाल साउना छ । केहि मिनेटका लागि भित्र पस्ने र निस्कने क्रम चलिरहन्छ । पानीमा शरिर डुबाएर साउनाभित्र हेर्न सकिन्छ । बिदेशीले खुब नियाल्छ वरपर । समयसँगै उ पनि आखाँ चिम्लन्छ । अघोर तातोले कदाचित तत्काल उद्दार गर्न सकियोस भनेर यसप्रकार हेर्न मिल्ने बनाएको हुनुपर्छ भन्ने लख काट्छु । साउनाभित्र १०-१२ जना मिलेर बस्न सकिन्छ ।

गेनाको तातोले झै शरिरको चारैतिरबाट एकनासले पकाउछ यहाँ । धेरैबेर बस्न कठिन छ । यहाँबाट निस्कना साथ ढोकानेरै चिसो पोखरी छ । यो तुलनात्मक रूपले सानो छ । यसमा तातेको शरिर डुबाउन मिल्दैन । शरिरमा चिसो पानी खन्याउन मिल्नेजग छ । रूमाल भिजाउन र धुन मिल्ने गरी बनाएको छ यो पोखरी ।तातो पानीले जस्तोसुकै तामसी मान्छे क्रमश सात्विक हुँदै जान्छ ।यसो भनौ, शारिरिक विकार सँगसँगै मानसिक विचार र उर्जाहरू पनि तातोपानीका सामू मुर्झाउदै जान्छन् ।

संसार कति फरक छ । बाहिर हिउँ खसीरहेछ । दिनभर थाकेको र चिसो शरिर लिएर एउटा मान्छे, अनसन पुग्नासाथपलभरमै रन्कन्छ । यसप्रकार तातेको शरिरमा बिस्तारामा पस्छन उनीहरू । हरेक रातथोरै सहि तर पुरा निदाउछन् । जापानी स्वस्थ्य र दिर्घजीवी छन् । खानपिन र कार्यशैलीको कथा त छदैछ । जाडोमा अनसनको कथा बिछट्टै रहेछ ।जापानका हरेक घरमा ओफुरो किन अनिवार्य हुन्छ रु  कुरा यो पो रहेछ । ओनसेन, ओफुरो यानी तातो पानीमा शरिर डुबाउने त्यो सत्ययुग प्रतित हुने जापानी कथा लेखिएको डायरी पल्टाउन पुगेछु शिर्षक पढेर हास उठ्यो, “लाज छोप्नुपर्ने कथा ओनसेन”।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment