Comments Add Comment

झारफुकका नाममा आगोले पोल्दा एकको मृत्यु, दुई घाइते

२९ पुस, गुल्मी । झारफुक गर्न भन्दै धामी कहाँ गएका व्यक्ति मृत अवस्थामा भेटिएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–१, ओख्रेनी तीनधारामा ६४ वर्षीय रामबहादुर मुखिया शरीरभरि निलडाम रहेको अवस्थामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख एसपी प्रविणलाल श्रेष्ठका अनुसार ईश्मा गाउँपालिका–३, दर्लामचौर बस्ने मुखिया ढाड दुख्ने समस्या देखिएपछि धामी ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र शान्तिला श्रेष्ठको घरमा पुगेका थिए ।

तर, उनीहरुले मुखियालाई झारफुक गराएर निको बनाउने बहानामा शरीरभरि आगोले पोलेको पाइएको एसपी श्रेष्ठले अनलाइनखबरलाई बताए ।

मुखियाको मृत्यु भएपछि बुधबार बिहान श्रेष्ठ दम्पत्तिले नै अपरिचित व्यक्तिले घरमा अशान्ति मच्चाएको भन्दै प्रहरी कहाँ उजुरी दिएका थिए । त्यसपछि पुगेको प्रहरीले दुवै जनालाई हत्या अभियोगमा पक्राउ गरेको छ ।

मृतक मुखियाका दाइ ३४ वर्षका हुमबहादुर मुखिया र रेसुङ्गा नगरपालिका वडा नम्बर–५, भुवनपानी बस्ने ४० वर्षकी टोपला दमाई घाइते छन् । उनीहरुको अनुहारसहित शरीरका विभिन्न भागमा पोलेको डाम छ । दुवै जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

एसपी श्रेष्ठका अनुसार झारफुकको बहानामा उनीहरुले खाना समेत नदिइ आगोमा रड, प्लाष्टिक पाइप तथा स्टिलको झाँजर तताएर शरीरको विभिन्न भाग डामेको पाइएको छ ।

‘मृत्यु भइसकेपछि पनि बुबालाई निको हुन्छ, एकछिनमा उठ्छन् भन्दै डामी रहे’, घाइतेका दाइले प्रहरी समक्ष भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment